स्वास्थ्य

कुन देशबाट कति खोप ल्याउने भन्ने कुरा सार्वजनिक गर्दैनौँ : स्वास्थ्यमन्त्री तामाङ

इकागज |
असार ४, २०७८ शुक्रवार १०:१६ बजे

काठमाडौँ : नेपाली जनतालाई कोभिडविरुद्ध खोपको विषयमा सरकारले चाँडै सकरात्मक समाचार दिने स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ्ले बताएका छन् । शुक्रबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल परिसरमा युरोपेली मुलुकले उपलब्ध गराएको स्वास्थ्य सामग्री ग्रहण गरेपछि सञ्चारकर्मीलाई उनले खोप चाँडो भन्दा चाँडो ल्याइने बताए ।

'नेपाल खोप उत्पादन गर्ने मुलुक नभएकाले जुन मुलुकले खोप उत्पादन गर्छ त्यही मुलुकसँग वार्ता गरिरहेका छौ,' मन्त्री तामाङ भन्छन्,'खोपको विषययमा सकरात्मक वार्ता भइरहेको छ । केही दिनमा सकरात्मक समाचार आउछ ।'


स्वास्थ्य सामग्री उपलब्ध गराउने मित्र राष्ट्रहरूले कोभिडविरुद्धको खोपका लागि पहल गरिरहेको मन्त्री तामाङ्ले जानकारीले दिए । नेपालले मित्र राष्ट्रको सहयोगमा खोप पाउने उनको दाबी छ ।

'सरकारले खोप ल्याउन प्रयत्‍न गरिरहेको छ,' उनी भन्छन,' यो देशबाट यति मात्रामा खोप ल्याउन सक्ने भन्ने कुरा बाहिर सार्वजनिक गर्दैनौ । हामी खोप ल्याउनका लागि प्रयत्‍नरत छौ ।'

स्वास्थ्य सामग्री भन्दा खोप महत्वपूर्ण होइन भन्ने प्रश्‍नमा मन्‍त्री तामाङ भन्छन,' महत्वपूर्ण स्वास्थ्य सामग्रीको आयातमा ध्यान दिएका छौ । आइसीयू र भेन्टिलेटरको विशेष माग गरेका छौ । कोभिड पछि हामीलाई काम लागोस र अन्य रोगको उपचारका लागि पनि सहयोग गरोस भन्ने छ ।'

कार्यक्रममा आज आयरल्याण्डद्वारा अक्सिजन कन्सर्नट्रेटर ७२, ब्याप मेसिन १२, भेन्टिलेटरर ४४, प्लस अक्सिमिटर ४००, रेष्पिरेटर मोनिटर ५०, डेफिब्रिलेटरस ५०,  थर्मोमिटर १००, अक्सिन रेगुलेटर ७२८, एयर रेगुलेटर ३९८, प्रोटेक्टिभ कोभरल्स ९९,७५०, फेस सिल्ड २,०१,६०० र सर्जिकल मास्क १०,०८,०००  सहयोग प्राप्‍त भएको छ ।

त्यसैगरी डेनमार्कद्वारा भेन्टिलेटर २६, नासल अक्सिजन क्यानल्स ५०, भाइजर ९६०००, आइसोलेसन ग्राउन ९६००० र एफएफपी टु मास्क ९६०० सहयोग प्राप्‍त भएको छ ।

 


Author

थप समाचार
x