स्वास्थ्य

५२ किसिमका रोग संक्रामकको सूचीमा

इकागज |
असार २३, २०८१ आइतबार १७:३ बजे

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संक्रामक रोगको सूची तयार पारेको छ । 

सरकारले राजपत्रमा जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी पहिलो पटक ५२ किसिमका रोगलाई संक्रामक रोगको सूची तयार पारेको हो ।


संक्रामक रोगहरूको सूचीमा रेबिज, क्षयरोग, कोभिड–१९, दादुरा, डेंगी, जापानिज इन्फेफलाइटिस, हैजा, धनुष्टङ्कार, एचआइभी, हात्तीपाइले स्क्रबटाइफस, कालाजार, रुबेलालगायतका रहेका छन् । 

संक्रामक रोग विशेषज्ञ डा अनुप बास्तोलाले पहिलो पटक संक्रामक रोगबारे सूचीकृत गरिएको बताए । उनले ती रोगले हुनसक्ने समस्या, अन्तर्राष्ट्रिय स्वास्थ्य नियम र कानुनअनुसार सूचीकृत गरिएको जानकारी दिए ।


Author

थप समाचार
x