स्वास्थ्य

भारतले नेपाललाई साउनको अन्तिम साता खोप उपलब्ध गराउने

इकागज |
असार ९, २०७८ बुधबार १६:५६ बजे

तस्बिरः दी प्रिन्ट

काठमाडौँ : भारतले कोभिडविरुद्धको खोप नेपाललाई साउनको अन्तिम सातासम्ममा उपलब्ध गराउने भएको छ । नेपाल, बंगलादेश र श्रीलंकालाई सिरम इन्स्च्युटबाट उत्पादित कोभिसिल्ड खोप प्रदान गर्ने भएको दी प्रिन्टले जनाएको छ । यसअघि नेपललले खरिद गरेको १० लाख डोज खोप नेपाल आयात गर्न बाँकी रहेको थियो । 

पहिलो चरणमा भारतले अनुदानस्वरुप नेपाललाई १० लाख डोज खोप दिएको थियो । त्यसलगत्तै नेपालले १० लाख डोज खोप भारतसँग खरिद गरेको थियो । जसमध्ये १० लाख खोप नेपालले प्राप्‍त गरेको थियो । हालसम्म नेपालले २१ लाख खोप प्राप्‍त गरेको छ । नेपाली सेनालाई १ लाख खोप पनि दिएको थियो ।


बाँकी १० लाख खोप उपलब्ध गराउन भारतलाई भुक्तानी दिएको भए पनि अहिलेसम्म प्राप्‍त गरेको छैन । नेपालले पटक-पटक पत्र पठाएर आग्रह गर्दासमेत भारत सरकारले बेवास्ता गर्दै आएको छ ।

भारत, विश्वको सबैभन्दा ठूलो खोप उत्पादक हो । गत २० जनवरीदेखि नै 'भ्याक्सिन मैत्री' अन्तर्गत कोभिड खोप विभिन्‍न मुलुक पठाउन थालेको थियो । यद्यपि भारतमा खोपको अभाव हुँदा अप्रिलदेखि विदेश खोप निर्यातमा रोक लगाएको थियो । भारतले ६ करोड ६० लाख* डोज खोप विदेशमा पठाइसकेको छ ।

* ६ करोड ६० लाख  हुनुपर्नेमा यसअघि अन्यथा भएकोमा सच्याइएको छ । - सम्पादक

 


Author

थप समाचार
x