स्वास्थ्य

वीपी प्रतिष्‍ठानका चार पदाधिकारीको कार्यकक्षमा ताला, सरकारी समितिसँग मात्र वार्तामा बस्‍ने

इकागज |
असार १६, २०७८ बुधबार ११:३२ बजे

काठमाडौँ : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत स्वास्थ्यकर्मी तथा कर्मचारी सरकारले बनाएको समितिसँग मात्र वार्ता बस्‍ने भएका छन् । एक हप्ताको समय दिएर प्रतिष्ठानका चार पदाधिकारीका कार्यकक्षमा आन्दोलनरत पक्षले बुधबार बिहानै तालानबन्दी गरेका छन् । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रजिष्ट्रार प्रा डा. मोहनचन्द्र रेग्मी, रेक्टर प्रा डा. गुरु खनाल र निर्देशक डा. गौरी शंकर शाहको कोठामा तालाबन्दी गरेका हुन् ।

प्रतिष्ठानका पदाधिकारीसँग वार्तामा नबस्ने आन्दोलनरत चिकित्सक डा. अमृत जैशीले इकागजलाई बताएका छन् । 'स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्रीको पहलबाट बनेको समितिसँग मात्र वार्ता गर्नेछौ,' उनले भने ।


असक्षम सम्पूर्ण पदाधिकारीहरूको राजीनामा आउनुपर्ने जैशीको माग छ । असार २३ गते सम्म मागहरूको यथोचित सम्बोधन नगरिएमा सम्पूर्ण फ्याकल्टीहरू, कर्मचारीहरू, आवासीय चिकित्सकहरू, विद्यार्थीहरूबाट सामूहिक राजीनामा दिएर प्रधानमन्त्रीको कार्यालय घेर्न जाने उनले चेतावनी दिए ।

प्रतिष्ठानमा १६ दिनदेखि बढ्दो बेथितिविरुद्ध आन्दोलित संयुक्त संघर्ष समिति र धरान नागरिक दबाब सञ्जालका पदाधिकारीले आन्दोलन गरिरहेका छन् । संघर्ष समितिसँग मंगलबार प्रतिष्ठानका पदाधिकारीले पहिलो चरणको वार्ता गरेका थिए । उपकुलपतिले मापसे गरी वार्तामा बसेकाले वार्ता भाँडिएको थियो ।

यो पनि

वीपीका मापसे गरेका उपकुलपति डा. गिरीसहित चार पदाधिकारी कोठामा थुनिए
 

 


Author

थप समाचार
x