स्वास्थ्य

वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीविरुद्ध चिकित्सक र विद्यार्थीको प्रदर्शन

इकागज |
असार २०, २०७८ आइतवार १५:३ बजे

काठमाडौँ : विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीले ‘प्रतिष्ठान शुद्धिकरण अभियान’ अन्तर्गत धरानमा बिहान विरोध प्रदर्शन गरेका छन् । आइतबार बिहान प्रतिष्ठानमा कार्यरत पदादिकारीहरूको लापर्बाही, कामकारवाही विरुद्ध तथा  अनियमतता बढेकाले सम्पूर्ण विद्यार्थी तथा चिकित्सकले धरान नगर परिक्रमा गरी विरोध प्रदर्शन गरेका थिए ।

आन्दोलनमा सहभागी डा.अमृत जैसीले विपी प्रतिष्ठान सुधार्ने आन्दोलनले राज्यका सबै संस्था सुधार गर्ने विश्‍वास रहेको बताए । प्रतिष्ठानमा व्यापक अनियमितता र भ्रष्ट्राचार बढेकाले २० दिनदेखि आन्दोलन गरिरहनु परेको उनले बताए । तर सरकारले चिकित्सकले गरिरहेको  आन्दोलनलाई नजर अन्दाज गरिरहेको उनले आरोप लगाए ।


प्रतिष्ठानका पदाधिकारीको अराजकता गैरजिम्मेवारपन, स्वेच्छाचारिता र भष्ट्राचारका विरुद्धमा चिकित्सकहरु सडकमा उत्रिन बाध्य हुन परेको डा. जैसीले जनाए । उनका अनुसार आन्दोलनकारीहरुले हरेक दिन बिहान ८ देखी १० बजेसम्म उपकुलपतिको कार्यलयमा धर्ना दिने गरेका छन् ।

चार पदाधिकारीसहितको वार्तामा उपकुलपतिले मदिरा सेवन गरेर आएपछि थप आन्दोलन चर्किएको हो । वार्तामा उपकुलपतिजस्तो व्यक्तिले मदिरा सेवन गरेर आएपछि उनीहरूले पटकपटक वार्तामा बोलाएपनि नैतिकताका आधारमा नजाने अडान लिएको डा. जैशीको भनाइ छ ।

उनले अन्य पधादिकारीले उपकुलपतिको हुने आशा राखेको बताए । 'हामीले उपकुलपतिसहित चारै जना पदाधिकारीको राजीनामा माग गरेका छौ,' उनी भन्छन् । प्रतिष्ठानका उपकुलपतिसहित अन्य पदाधिकारीसँग वार्ता सम्भव नभएकाले अब एकैपटक प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रीले गठन गरेको टोलीसँग मात्रै वार्ता गर्ने डा. जैशीको भनाइ छ ।

डा. जैशीले आन्दोलनकारीको माग अनुसार वार्तासमिति गठन नभएमा प्रतिष्ठानका सबै पदाधिकारीले राजीनामा दिन हस्ताक्षर संकलन गरी मार्गप्रसस्त गरिदिने बताए । 

फाेटाे : डा. अमृत जैशीको ट्वीटरबाट


Author

थप समाचार
x