रोग नियन्त्रण महाशाखा भन्छ- 'संक्रमितले गलत नम्बर राख्दा केस म्यानेजमेन्टमा समस्या भयो'
काठमाडौँ : इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोभिड-१९ परीक्षण गर्ने प्रयोगशालालाई कोभिड परीक्षणकर्ताको सही मोबाइल नम्बर राख्न निर्देशन दिएको छ । कोभिड-१९ पुष्टि भएपछि होम आइशोलेसनमा बस्दा सम्पर्क गर्नुपर्ने भएकाले मोबाइल नम्बर गलत भएकाले समस्या हुने गरेको महाशाखाले जनाएको हो ।
कोभिड-१९ संक्रमितको मोबाइल नम्बर गलत हुँदा केस म्यानेजमेन्ट र व्यवस्थपनमा समस्या भइरहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । परीक्षण गर्नेको मात्र नम्बर फारममा उल्लेख गर्नुपर्नेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया