स्वास्थ्य

वीपीका पदाधिकारीलाई ९३ कर्मचारीले सहयोग नगर्ने

इकागज |
असार ३१, २०७८ बिहीबार ११:२४ बजे

काठमाडौँ : वीपी कोइराला स्वास्थ्य विज्ञान चिकित्सक र कर्मचारीले प्रतिष्ठान पदाधिकारीले नैतिकता गुमाएकाले सहयोग घोषणा गरेका छन् । प्रतिष्ठानका पदाधिकारीले नियुक्ति गरेका सल्लाहकार परिषद, अतिरिक्त जिम्मेवारीका पदबाट ९३ जनाले असहयोग गर्ने घोषणा गरेका हुन् ।

हाम्रो आस्थाको धरोहर र नेपालको  स्वास्थ्य शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानमा अग्रणी एवम् मानक संस्थान रहेको हाम्रो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  विगत २० दिनदेखि समग्र प्रतिष्ठानको उत्थानको लागि भैरहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुद्धिकरण अभियान २०७८ मा हाम्रो पूर्ण समर्थन छ,'  अतिरिक्त जिम्मेवारी पाएका कर्मचारीले भनेका छन,'  आजैको मितिदेखि यो ब्यबस्थापनमा रहेर काम गर्न नसक्ने र यो ब्यबस्थापनलाई बहिस्कार गरेको घोषणा गर्दछौं । यो आन्दोलनले निकास नपाउन्जेल यो व्यवस्थापन एवम् पदाधिकारीहरुले दिएको कुनै पनि जिम्मेवारी पुरा नगर्ने कुरा पूर्ण यस पत्रमा हस्ताक्षर गरी जानकारी गराउन चाहन्छौं।'


आन्दोलनरत प्रदर्शनकारीहरूले प्रतिष्ठानका पदाधिकारीले तत्काल राजीनामा दिनुपर्ने, प्रधानमन्त्री तहबाटै वार्ता गठन कमिटी गठन गर्नुपर्ने  माग राख्दै  नवनियुक्त प्रधानमन्त्री देउवालाई कुलपतिको हैसियतले हस्तक्षेपकारी भुमिका खेल्न समेत आग्रह गरेका छन् । 

विगत ३० दिनदेखि प्रतिष्ठानमा भष्ट्राचार भएको तथा पधादीकारीले आफ्नो भूमिका निर्वाह नगरेको, शिक्षा र स्वास्थ्यमा चरम दलीय स्वार्थ अभिप्रेरित भएको भन्दैआन्दोलन भइरहेको छ ।

 

 


Author

थप समाचार
x