स्वास्थ्य

१८७५ जनामा संक्रमण, २१ को मृत्यु

इकागज |
साउन २, २०७८ शनिबार १६:५९ बजे

काठमाडौँ- पछिल्लो २४ घण्टामा मुलुकभर  एक हजार आठ सय ७५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । संक्रमणका कारण २१ जनाको मृत्यु भएको छ । 

देशभर गरिएको ६ हजार ८ सय ५८ पीसीआर परिक्षणका क्रममा एक हजार तीन सय १० र ३ हजार २ सय ८ एन्टीजेन परिक्षणका क्रममा ५६५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 


योसँगै नेपालमा कोभिड संक्रमितको संख्या सात लाख १४ हजार २४८ पुगेको छ । पछिल्लो पटक २१ जनाको मृत्यु भएपछि नेपालमा ९ हजार ५ सय २७ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् । 

त्यस्तै थप २ हजार १ सय ६४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ३० हजार ४०७ संक्रमित निको भएका छन् । हाल २५ हजार ९५२ सक्रिय संक्रमित आइशोलेशन र ३३७ जना क्‍वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३४ लाख ६३ हजार ५७ वटा पीसीआर र दुई लाख ५९ हजार ८३१ एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x