सीमामा होल्डिङ सेन्टर र परीक्षणको दायरा बढाउनू : प्रधानमन्त्री
काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिडको तेस्रो लहरका लागि पूर्वतयारी गर्न सीमा नाकाहरूमा होल्डिङ सेन्टर बनाउन र कोभिड परीक्षणको दायरा बढाउन निर्देशन दिएका छन् । अस्पतालमा अक्सिजनसहितको बेड र आइसीयूको व्यवस्था मिलाउन समेत उनले आग्रह गरे ।
कोरोनाको खोप खरिदलाई चुस्त रुपमा अघि बढाउन र खोप केन्द्रहरु बढाएर सहज रुपमा खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयका सचिव, मन्त्रालयका विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखाका प्रमुख लगायतलाई बोलाएर निर्देशन दिएको छु। pic.twitter.com/dEc93C8Ip2
— Sher Bahadur Deuba (@DeubaSherbdr) July 18, 2021
आइतबार प्रधानमन्त्री कार्यालयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालययका सचिव, विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक र खोप महाशाखाका प्रमुखलाई बोलाएर खोप केन्द्र बढाएर खोप लगाउने व्यवस्था मिलाउनलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाले खोप खरिदलाई चुस्त र"पमा अघि बढाउनुपर्ने बताए ।
कोरोनाको तेस्रो लहरको पूर्व तयारीका लागि सिमा नाकाहरुमा होल्डिङ सेन्टर तत्काल बनाउन, परिक्षणको दायरा बढाउन, अस्पतालमा अक्सिजन, वेड र आईसीयूको प्रवन्ध गर्न पनि निर्देशन गरेको छु। pic.twitter.com/CCZHaXte5n
— Sher Bahadur Deuba (@DeubaSherbdr) July 18, 2021
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया