प्रधानमन्त्री देउवाले सोमबार उपत्यकाको खोप केन्द्रहरूको निरीक्षण गर्ने
काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि (सोमबार) उपत्यकाको कोभिडविरुद्ध लगाइने खोपको केन्द्रहरूको स्थलगत निरीक्षण गर्ने भएका छन् ।
साउन ४ गतेबाट जोन्सन एण्ड जोन्सजको खोप अभियानमा प्रधानमन्त्री देउवाले उपत्यकाभित्रका नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वासथ्य विज्ञान प्रतिष्ठान, लगनखेल लगायतका केन्द्रहरुको स्थलगत भ्रमण गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबार प्रधानमन्त्री कार्यालयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालययका सचिव, विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक र खोप महाशाखाका प्रमुखलाई बोलाएर खोप केन्द्र बढाएर खोप लगाउने व्यवस्था मिलाउन प्रधानमन्त्री देउवाले निर्देशन दिएका थिए । त्यसैगरी खोप खरिदलाई चुस्त र"पमा अघि बढाउनुपर्ने उनले बताएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया