स्वास्थ्य

सोमबार २४४५ मा कोभिड संक्रमण, ३२ को मृत्यु

इकागज |
साउन ४, २०७८ सोमबार १६:५१ बजे

काठमाडौँ : सोमबार २४४५ जनालाई कोभिड संक्रमण पुष्‍टि भएको छ । ७८३३ पीसीआर परीक्षण गर्दा १६४२ र ३८३१ जनाको एन्टीजेन्ट परीक्षणमा ८०३ जनामा कोभिड-१९ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १२५८ संक्रमणमुक्त र ३२ जनाको मृत्यु भएको छ । योसँगै मुलुकभर ९५८२ जनाको मृत्यु भएको र ६ लाख ३३ हजार ३३२ जना संक्रमणमुक्त भइसकेका छन् ।


काठमाडौँमा ३३०, ललितपुरमा ५६ र भक्तपुरमा ८८ जना गरी उपत्यकामा ४४० जनामा कोभिड देखिएको हो ।


Author

थप समाचार
x