स्वास्थ्य

विराटनगरको नोबेल अस्पतालले अबदेखि मिर्गौला प्रत्यारोपण गर्न पाउने

इकागज |
साउन ४, २०७८ सोमबार १८:० बजे

काठमाडौँ - विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मिर्गौला प्रत्यारोपण हुने भएको छ । मिर्गौला प्रत्यारोपण गर्न मेडिकल कलेजले दिएको निवदेनको आधारमा अनुमति दिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । अस्पतालले निवेदन दिएको करिब दुई वर्षपछि विभागबाट प्रत्यारोपणको अनुमति पाएको हो ।

अस्पतालले २०७६ भदौ ९ गते मिर्गौला प्रत्यारोपण  गर विभागमा निवदेन दिएको थियो । विभागमा बसेको साउन १ गते बसेको बैठकले अङ्ग प्रत्यारोपण गर्ने अनुमति दिएको हो । मानव शरीरको अङ्ग प्रत्यारोपण ऐन २०५५ को दफा ५ को उपदफा (१) बमोजिम अनुमतिपत्र दिएको विभागले जारी गरेको पत्रमा उल्लेख छ ।


 


Author

थप समाचार
x