स्वास्थ्य

काठमाडौँका यी ठाउँमा लगाउन पाइन्छ जोन्सन एन्ड जोन्सनको खोप

इकागज |
साउन ६, २०७८ बुधबार १८:३२ बजे

काठमाडौँ : मंगलबार (आज)बाट सरकारले अमेरिकी सहायतामा आएको जोन्सन एन्ड जोन्सको कोभिड-१९ विरुद्धको खोप लगाउन सुरु गरेको छ । काठमाडौँ जिल्लाभित्रका ४४ खोप केन्द्रमार्फत खोप लगाइरहेको छ । 

मंगलबारबाट सुरु भएको यो कार्यक्रम बुधबारसम्म राखिएको छ । काठमाडौँ महानगरपालिकाभित्रका १८ खोप केन्द्रबाट खोप लगाउने व्यवस्था गरिएको छ । 


रत्नपार्कको वीर अस्पताल, महाराजगञ्जको त्रिवि शिक्षण अस्पताल, बानेश्वरको निजामती कर्मचारी अस्पताल, टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, थापाथलीको परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल, सिनामंगलको काठमाडौँ मेडिकल कलेज, लाजिम्पाटको नेपाल प्रहरी अस्पताल, छाउनीको बिरेन्द्र सैनिक अस्पताल, सोह्रखुट्टेको पिपल डेन्टल तथा जनरल अस्पतालमा खोपको व्यवस्था छ । त्यस्तै ज्ञानेश्वरको हिमाल अस्पताल, चावहिलको ओम हस्पीटल एन्ड रिसर्च सेन्टर, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, बालाजुको जनमैत्री अस्पताल, स्वयम्भुको मनमोहन अस्पताल, कलंकीको नेसनल अस्पताल, प्रदर्शनीमार्गको काठमाडौँ मोडेल अस्पताल, धुम्बाराहीको ह्याम्स हस्पीटल तथा रिसर्च सेन्टर, र बाँसबारी शहिद गंगालाल अस्पतालमा खोप केन्द्र तोकिएको छ । 


Author

थप समाचार
x