स्वास्थ्य

चीनबाट आइपुग्यो आठ लाख डोज खोप

इकागज |
साउन ७, २०७८ बिहीबार १८:३१ बजे

फाइल तस्बिर

काठमाडौँ  - चीनबाट कोभिड भाइरसविरुद्ध थप आठलाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । नेपाल सरकारले खरिद गरेको उक्त खोप बेइजिङबाट नेपाल एयरलाइन्सको जहाजमार्फत काठमाडौँ ल्याइएको हो । खोप लिन नेपाल एयरलाइन्सको जहाज बुधबार बेइजिङ गएको थियो ।

त्यस्तै आज पनि खोप लिनकै लागि जहाज चीन जाने कार्यतालिका छ ।  साउन ९ गते पनि जहाज खोप लिन चीन जाने छ ।  प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले थप १६ लाख खोप अनुदानमा दिने घोषणा गरेकी थिइन् ।  



Author

थप समाचार
x