स्वास्थ्य

२ हजार ९७७ जनामा कोभिड संक्रमण पुष्टि

इकागज |
साउन ८, २०७८ शुक्रबार १६:४ बजे

काठमाडौँ - नेपालमा शुक्रबार थप २ हजार ९ सय ७७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभगरिएको १३ हजार ६९८ पिसिआर परीक्षणका क्रममा १ हजार ९ सय ८२ जना र ३ हजार ६ सय १० एन्टीजेन परीक्षणका क्रममा ९९५ जनामा कोभिड पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यो संगै नेपालमा संक्रमितको संख्या ७ लाख ३० हजार १४६ पुगेको छ । त्यस्तै कोभिड कारण थप १८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोभिडका कारण ९ हजार ६ सय ७९ जनाको मृत्यु भएको छ । त्यस्तै थप १ हजार ६ सय ७८ जना निको हुँदा हालसम्म नेपालमा ६ लाख ३९ हजार ३६८ संक्रमित निको भएका छन् । हाल नेपालमा २७ हजार ६६१ सक्रिय संक्रमित आइशोलेशन र ३३५ जना क्वारेन्टाइनमा छन् ।



Author

थप समाचार
x