स्वास्थ्य

कोभिड-१९ अपडेट

थप ३ हजार ११४ जनामा कोभिड-१९ संक्रमण, १६ जनाको मृत्यु

इकागज |
साउन ९, २०७८ शनिबार १६:४६ बजे

काठमाडौँ- नेपालमा पछिल्लो समय कोभिड-१९ संक्रमितको संख्या बढ्दै गएको छ । शनिबार थप ३ हजार १ सय १४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।

देशभर गरिएको १० हजार ६२५ पीसीआर परीक्षणका क्रममा २ हजार ३ सय ९ र ४ हजार २ सय ८५ एन्टीजेन परीक्षणका क्रममा ८०५ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ३३ हजार २६० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


त्यस्तै थप १६ जनाको कोभिडका कारण मृत्यु भएको छ । हालसम्म नेपालमा कोभिडका कारण ९ हजार ६ सय ९५ जनाले ज्यान गुमाएका छन् । त्यस्तै थप २ हजार १ सय ९७ संक्रमित कोभिडमुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ४१ हजार ५६५ जना कोभिड संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा २७ हजार ७५७ सक्रिय संक्रमित आइशोलेशनमा छन् भने ३४४ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३५ लाख २८ हजार ५१४ वटा पीसीआर र २ लाख ८६ हजार ४६४ वटा एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x