स्वास्थ्य

आइतबार १८ संक्रमितको मृत्यु र २०५० संक्रमणमुक्त

इकागज |
साउन १०, २०७८ आइतवार १७:३७ बजे

काठमाडौँ आइतबार कोभिड-१९ संक्रमणका कारण १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालययको तथ्यांक अनुसार हालसम्मम मुलुकभर ९७१३ संक्रमितको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ८३४ जनाको कोभिड परीक्षण गर्दा २२३७ जनामा कोभिड देखिएको छ । २०५० जना संक्रमणमुक्त भएका र हालसम्म ६ लाख ४३ हजार ६१५ जना संक्रमणमुक्त भइसकेका छन् ।


उपत्यकामा ६२४ जनामा संक्रमण देखिएको छ । काठमाडौमा ४६८, भक्तपुरमा ६७ र ललितपुरमा ८९ जनालाई संक्रमण देखिएको हो । त्यसैगरी सक्रिय संक्रमित काठमाडौँमा ५६१६, भक्तपुरमा ९१० र ललितपुरमा १०८९ छन् ।


Author

थप समाचार
x