स्वास्थ्य

सरकारले तोक्यो स्थायी खोप केन्द्र, सामाखुशीको राधास्वामीमा लगाउन पाइने

विदेश जाने कामदार तथा विद्यार्थीलाई प्रहरी र सैनिक अस्पताल खोप केन्द्र

इकागज |
साउन ११, २०७८ सोमबार १६:१४ बजे

काठमाडौँ - सरकारले काठमाडौँको सामाखुशीस्थित राधास्वामी आइशोलेसन सेन्टरलाई स्थायी केन्द्र खोप बनाएको छ । लक्षित समूहले स्वास्थ्य कार्यालयले तोके बमोजिम राधास्वामी आइसोलेसन सेन्टरमा गएर खोप लगाउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

काठमाडौँमा विदेश जाने श्रमिक र विद्यार्थीलाई लगाउने खोप केन्द्र तोकेको छ । उनीहरूले नेपाल प्रहरी अस्पताल महाराजगञ्‍ज र सैनिक अस्पतालमा छाउनीमा गएर कोभिडविरुद्धको खोप लगाउन सक्न‍े मन्त्रालयले जनाएको छ ।  खोप लगाउनेले पासपोर्ट र भिसा अनिवार्य देखाउनुर्नेछ ।


सरकारले विदेश जाने कामदारलाई अमेरिकाबाट ल्याइएको जोनसन एण्ड जोनसनको खोपको व्यवस्था गरेको छ ।

 


Author

थप समाचार
x