स्वास्थ्य

संक्रमणको ग्राफ उकालो लाग्दै, सोमबार मुलुकभर थपिए ३४२१ संक्रमित

इकागज |
साउन ११, २०७८ सोमवार १६:४७ बजे

काठमाडौँ- सोमबार ३,४२१ जनामा कोभिड-१९ को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२,२४० पीसीआर परीक्षण गर्दा २,३९१ र ५,०३२ जनाको एन्टीजेन्ट परीक्षण गर्दा १,०३० जनामा कोभिड देखिएको हो ।

कोभिडकै कारण २५ जनाको मृत्यु भएको र १६८६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । उपत्यकामा ९९९ संक्रमण थपिएका छन् । काठमाडौँमा ६७७, भक्तपुर १२५ र ललितपुरमा १९७ जनामा संक्रमण देखिएको हो । सक्रिय संक्रमितकाठमाडौँमा ५९१०, भक्तपुरमा ९३६ र ललितपुरमा ११६३ छन् ।



Author

थप समाचार
x