स्वास्थ्य

थप ३ हजार ८९९ जनामा कोभिड संक्रमण

इकागज |
साउन १२, २०७८ मंगलबार १६:४४ बजे

काठमाडौँ - नेपालमा मंगलबार थप ३ हजार ८ सय ९९ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १२ हजार ६५५ पिसिआर परीक्षणका क्रममा २ हजार ७ सय २६ र ४ हजार ८ सय ६३ एन्टीजेन परीक्षणका क्रममा १ हजार १ सय ७३ जनामा कोभिड संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा संक्रमितको संख्या ७ लाख ४२ हजार ८१७ पुगेको छ । 

त्यस्तै थप २० जनाको कोभिडका कारण मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ७ सय ५८ जनाले  कोभिडका कारण ज्यान गुमाएका छन् । थप १ हजार ७ सय ७८ जना निको भएका छन् । हालसम्म नेपालमा ६ लाख ४७ हजार ७९ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा २८ हजार ८३६ सक्रिय संक्रमित आइसोलेसन र ३५६ जना क्वारेन्टाइनमा छन् । 



Author

थप समाचार
x