स्वास्थ्य

ललितपुरमा शुक्रबारदेखि ४५ वर्ष माथिकाले भेरोसेल खोप पाउने

इकागज |
साउन १४, २०७८ बिहीबार १६:३२ बजे

फाइल तस्बिर

काठमाडौँ- ललितपुर महानगरपालिकामा ४५ वर्ष उमेर समूह माथिकाले कोभिडविरुद्धको भेरोसेल खोप शुक्रबारदेखि पहिलो डोज लगाउन पाउने भएका छन् । साउन १५, १६ र १७ गतेदेखि महानगरको २९ वटै वडामा खोप लगाउने कार्यक्रम रहेको महानगरले जनाएको छ ।

४५ वर्षमाथि उमेर समूहका सबलै आ-आफ्नो वडामा सम्पर्क गर्नुपर्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए । उनकाअनुसार, १८ गतेबाट जोनसन एण्ड जोनसनको खोप लगाउने कार्यक्रम पनि छ । जोनसन एण्ड जोनसन खोप लगाउने कार्यक्रमबारे पनि सूची‍ छिटै सार्वजनिक हुनेछ । 



Author

थप समाचार
x