स्वास्थ्य

थप ३ हजार ६ सय ११ जनामा कोभिड संक्रमण

इकागज |
साउन १५, २०७८ शुक्रबार १७:६ बजे

काठमाडौँ - नेपालमा शुक्रबार थप ३ हजार ६ सय ११ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ७ सय ८३ पिसिआर परीक्षणका क्रममा २ हजार ४ सय ६७ र ४ हजार ८ सय ७८ एन्टीजेन परीक्षणका क्रममा १ हजार १ सय ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएो छ । 

यो संगै नेपालमा संक्रमितको संख्या ७ लाख ५३ हजार ६३३ पुगेको छ । त्यस्तै संक्रमणका कारण थप २७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ८ सय ३४ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् । 


त्यस्तै थप १ हजार ८ सय १६ संक्रमित संक्रमणमुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ५२ हजार २६१ संक्रमित निको भएका छन् । हाल ३१ हजार १४ सक्रिय संक्रमित आइशोलेशन र ३९० जना क्वारेन्टाइनमा छन् । 


Author

थप समाचार
x