स्वास्थ्य

बुधबार काठमाडौँमा मात्रै ९०८ संक्रमित थपिए, उपत्यकामा १ हजार २७९

इकागज |
साउन २०, २०७८ बुधबार १७:३७ बजे

फाइल तस्बिर

काठमाडौँ-  बुधबार काठमाडौँ उपत्यकामा १ हजार २७९ जनामा कोभिड-१९ को संक्रमण थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौँमा ९०८, भक्तपुरमा १६५ र ललितपुरमा २०६ जनामा कोभिड पुष्टि भएको हो । 

काठमाडौँमा सक्रिय संक्रमित ६ हजार ८०७ जना छन् । संक्रमणमुक्त दुई लाख १० हजार ७२२, मृत्यु १ हजार ९७४ र कुल संक्रमित २ लाख १९ हजार ५०३ छ । भक्तपुरमा सक्रिय संक्रमित १ हजार २४३, संक्रमणमुक्त २३ हजार १२५, मृत्यु ३९४ र कुल संक्रमित २४ हजार ७६२ छन् । त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित १ हजार ६४७, संक्रमणमुक्त ३९ हजार ४२१, मृत्यु ५९९ र कुल संक्रमित ४१ हजार ६६७ जना छन् ।


मंगलबार उपत्यकामा ९०४ जनामा संक्रमण देखिएको थियो । काठमाडौँमा ६१३, भक्तपुरमा ११४ र ललितपुरमा १७७ जनामा देखिएको थियो ।

आज देशभर ४ हजार १०७ मा कोभिड संक्रमण पुष्टि भएको छ । कूल १६ हजार २९८ जनाको परीक्षण गर्दा चार हजार १०७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै थप ३५ जनाको कोभिडका कारण मृत्यु भएको छ ।  १ हजार ५३५ जना संक्रमणमुक्‍त भएका छन् ।


Author

थप समाचार
x