बिहीबार एक लाख १७ हजार बढीले लगाए कोभिडविरुद्धको खोप
काठमाडौँ- बिहीबार एक लाख १७ हजार ७७९ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । २४ घण्टामा देशभर भेरोसेलको पहिलो मात्रा ६१ हजार ६६५ जनाले लगाएका छन् । जोनसन एण्ड जोनसन खोप ५६ हजार ११४ जनाले लगाएको स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा भेरोसेलको पहिलो मात्रा ९ हजार ६८८ र जोनसन एण्ड जोनसन खोप २१ हजार ९७८ जनाले लगाएका छन् । प्रदेश २ मा भेरोसेल ८३५ र जोनसन एण्ड जोनसनको खोप १५ हजार १० जनाले लगाए ।
बागमतीमा भेरोसेलको पहिलो मात्रा २९ हजार ८९६ र जोनसन एण्ड जोनसन चार हजार ३३१ जनाले लगाए । गण्डकीमा भेरोसेल पाँच हजार २६३ र जोनसन एण्ड जोनसन ७७० जनाले लगाएका छन् ।
लुम्बिनीमा भेरोसेलको पहिलो मात्रा दुई हजार १६८ र जोनसन एण्ड जोनसन खोप तीन हजार ५९० जनाले लगाएका छन् । कर्णालीमा भेरोसेलको पहिलो मात्रा तीन हजार ८२३ र जोनसन एण्ड जोनसनको तीन हजार १४१ जनाले लगाएका छन् । त्यसैगरी सुदूरपश्चिममा भेरोसेलको नौ हजार ९९२ र जोनसन एण्ड जोनसन खोप सात हजार २९४ जनाले खोप लगाएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया