स्वास्थ्य

बिहीबार एक लाख १७ हजार बढीले लगाए कोभिडविरुद्धको खोप

इकागज |
साउन २१, २०७८ बिहीबार १८:३ बजे

काठमाडौँ- बिहीबार एक लाख १७ हजार ७७९ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । २४ घण्टामा देशभर भेरोसेलको पहिलो मात्रा ६१ हजार ६६५ जनाले लगाएका छन् ।  जोनसन एण्ड जोनसन खोप ५६ हजार ११४ जनाले लगाएको स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा भेरोसेलको पहिलो मात्रा ९ हजार ६८८ र जोनसन एण्ड जोनसन खोप २१ हजार ९७८ जनाले लगाएका छन् । प्रदेश २ मा भेरोसेल ८३५ र जोनसन एण्ड जोनसनको खोप १५ हजार १० जनाले लगाए ।


बागमतीमा भेरोसेलको पहिलो मात्रा २९ हजार ८९६ र जोनसन एण्ड जोनसन चार हजार ३३१ जनाले लगाए । गण्डकीमा भेरोसेल पाँच हजार २६३ र जोनसन एण्ड जोनसन ७७० जनाले लगाएका छन् ।

लुम्बिनीमा भेरोसेलको पहिलो मात्रा दुई हजार १६८ र जोनसन एण्ड जोनसन खोप तीन हजार ५९० जनाले लगाएका छन् । कर्णालीमा भेरोसेलको पहिलो मात्रा तीन हजार ८२३ र जोनसन एण्ड जोनसनको तीन हजार १४१ जनाले लगाएका छन् । त्यसैगरी सुदूरपश्चिममा भेरोसेलको नौ हजार ९९२ र जोनसन एण्ड जोनसन खोप सात हजार २९४ जनाले खोप लगाएका छन् ।

 

 


Author

थप समाचार
x