स्वास्थ्य

२५ गतेदेखि लगाइने खोपमा ६५ वर्षमाथिकालाई प्राथमिकता

इकागज |
साउन २३, २०७८ शनिबार २१:४६ बजे

फाइल फोटो

काठमाडौँ - सरकारले साउन २५ गतेदेखि लगाइने अष्ट्राजेनिकाको दोस्रो मात्राको खोपमा ६५ वर्षमाथिकालाई प्राथमिकता दिइने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार विज्ञप्ति निकालेर यसबारे जानकारी दिएको हो ।

२५ गतेदेखि जापान र भुटानबाट आएको अष्ट्राजेनिकाको खोप लगाउँदा वृद्धवृद्धालाई प्राथमिकता दिइने र त्यसपछि वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जाने एवं डायलासिस गरिरहने र अंग प्रत्यारोप गर्ने व्यक्तिलाई खोप दिइने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



Author

थप समाचार
x