स्वास्थ्य

अष्ट्राजेनिकाको पहिलो डोज वैदेशिक रोजगारीमा जाने र मिर्गौलाका बिरामीलाई पनि दिइने

इकागज |
साउन २४, २०७८ आइतबार ११:२१ बजे

काठमाडौं- अष्ट्राजेनिकाको पहिलो मात्रा खोप वैदेशिक रोजगारीमा र अध्ययन गर्न जानेले लगाउन पाउने भएका छन् । मिर्गौलाको डायलासीस गर्नुपर्ने र अङ्ग प्रत्यारोपण गरेका तथा अर्बुद रोगलगायतका बिरामीलाई पनि दिइने भएको छ । 

कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेकालाई अष्ट्राजेनिकाको खोप लगाइ बाँकी रहेको खोप वैदेशिक रोजगारमा जाने र प्राथमिकताका आधारमा हेरेर अन्य व्यक्तिलाई लगाइने परिवार कल्याण महशाखाका निर्देशक डा. तारानाथ पोखरेलले जानकारी दिए ।


भुटान र जापानले उपलब्ध गराउने कुल १८ लाख भन्दा बढी खोप कोभिसिल्डको पहिलो डोज लगाएकालाई दिने पोखरेलले बताए । ६५ वर्षदेखि माथिका व्यक्तिलाई कोभिसिल्डको पहिलो डोज लगाएकालाई साउन २५ गतेदेखि सोमबारदेखि दोस्रो मात्रा खोप लगाइने उनले जानकारी दिए ।


Author

थप समाचार
x