स्वास्थ्य

सोमबार देशभर थपिए ३६५१ संक्रमित, २२ को मृत्यु

इकागज |
साउन २५, २०७८ सोमबार १७:५६ बजे

काठमाडौँ- सोमबार तीन हजार ६५१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १६ हजार ५९४ को परीक्षण गरिएको थियो ।

२४ घण्टामा १७८४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभर ६ लाख ७१ हजार ८३ जना संक्रमणमुक्त भएका हुन् ।


त्यसैगरी २२ जनाको मृत्यु भएको छ । हालसम्म १० हजार ११५ जनाको मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित ३६ हजार २८८ जना छन् ।


Author

थप समाचार
x