प्रशासनले भन्यो : कोभिडको लक्षण देखिए परीक्षण गर्नू
काठमाडौँ- काठमाडौँ जिल्ला प्रशासन कार्यालयले कोभिड-१९ को लक्षण देखा परेमा स्थानीय तह तथा जिल्ला अस्पतालमा सम्पर्क गरी नि:शुल्क परीक्षण गर्न आग्रह गरेको छ । भिडभाडबाट बचेर र जनस्वास्थ्यको मापदण्ड पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।
जनस्वास्थ्यको मापदण्ड पालना गरिएको नगरिएको प्रशासनले अनुगमन गर्ने भएको छ । जनस्वास्थ्य मापदण्ड पलना नगरेमा कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश,२०७८ अनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । संक्रमण बढेमा जुनसुकै बेला पनि नयाँ व्यवस्था गर्न सकिने उनको भनाइ छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया