स्वास्थ्य

उपत्यकामा जुनसुकै बेला निषेधाज्ञा हुनसक्छ : प्रशासन

इकागज |
साउन २६, २०७८ मंगलबार १६:४८ बजे

फाइल तस्बिर

काठमाडौँ- उपत्यकामा कोभिड-१९ संक्रमित बढेमा जुनसुकै समयमा पनि निषेधाज्ञा गरिने काठमाडौँ जिल्ला प्रशासन कार्यालयले जनाएको छ । संक्रमण बढेमा जुनसुकै बेला पनि नयाँ व्यवस्था गर्न सकिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

कोभिड  लक्षण देखा परेमा स्थानीय तह तथा जिल्ला अस्पतालमा सम्पर्क गरी निशुल्क परीक्षण गर्न पराजुलीले आग्रह गरे । उनले भिडभाडबाट बचेर र जनस्वास्थ्यको मापदण्ड पालना गरी यात्रामा निस्कन अनुरोध गरे ।


जनस्वास्थ्यको मापदण्ड पालना गरिएको नगरिएको प्रशासनले अनुगमन गर्ने भएको छ । जनस्वास्थ्य मापदण्ड पलना नगरेमा कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश,२०७८ अनुसार कारबाही गरिने पराजुलीले  बताए ।

 

 

 

 


Author

थप समाचार
x