स्वास्थ्य

कोभिडका गम्भीर संक्रमित बढे, झन्डै एक हजार बिरामी उपचाररत

इकागज |
साउन २६, २०७८ मंगलबार १८:१७ बजे

प्रतिकात्मक तस्बिर

काठमाडौँ- देशभरका विभिन्‍न कोभिड अस्पतालमा कोभिड-१९ संक्रमितका गम्भीर अवस्थाका संक्रमित बढ्न थालेका छन् । मंगलबार गम्भीर अवस्थाका विभिन्‍न अस्पतालमा  ९३७ जना उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आईसीयूमा ७६१ र १७६ संक्रमित उपचाररत छन् । 

प्रदेशमा १ आईसीयूमा १४२ र भेन्टीलेटरमा ४५, प्रदेश २ मा ४ संक्रमित आईसीयू, बागमतीमा आईसीयूमा ४८८ र भेन्टीलेटरमा १०९, गण्डकी प्रदेशमा आईसीयूमा ६४ र भेन्टीलेटरमा २ जना उपचाररत छन् ।


लुम्बिनीमा आईसीयूमा ५२ र भेन्टीलेटरमा १२ जना उपचाररत छन् । कर्णालीमा आईसीयूमा ६, भेन्टीलेटरमा १ जना र सुदूरपश्‍चिममा आईसीयूमा ८ र भेन्टीलेटरमा ७ जना उपचाररत छन् ।

मुलुकभर ३३ हजार ९८५ होम आइसोलेसनमा, ३ हजार ३४७ संस्थागत आइसोलेसनमा  ३८१ जना क्वारेन्टाइनमा छन् । हालसम्म देशभर कोभिड संक्रमणका कारण १० हजार १५० जनाको मृत्यु भइसकेको छ ।

सोमबार मात्र ९२७ उपचारत थिए । आईसीयूमा ७४१ र भेन्टीलेटरमा १८६ जना थिए ।


Author

थप समाचार
x