स्वास्थ्य

बुधबार काठमाडौँमा ६६३ सहित उपत्यका थपिए ९६४ संक्रमित

इकागज |
साउन २७, २०७८ बुधबार १७:७ बजे

फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ९६४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६६३, भक्तपुरमा १०९ र ललितपुरमा १९२ जनामा कोभिड संक्रमण भएको छ ।

काठमाडौँमा सक्रिय संक्रमित सात हजार ८१३, भक्तपुरमा एक हजार ३६० र ललितपुरमा एक हजार ८८३ जना जना छन् ।


त्यसैगरी  काठमाडौँमा एक हजार ९९५ , भक्तपुरमा ३९७ र ललितपुरमा ६१३ जनाको मृत्यु भएको छ । आज देशभर ३ हजार ४८१ जना कोभिडका नयाँ संक्रमित थपिएका छन् ।


Author

थप समाचार
x