स्वास्थ्य

बुधबार करिब दुई लाखले लगाए कोभिडविरुद्धको खोप

इकागज |
साउन २७, २०७८ बुधबार १७:३५ बजे

काठमाडौँ- बुधबार देशभर करिब दुई लाखले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक लाख ९५ हजार २११ जनाले कोभिडविरुद्धको खोप लगाएका हुन् ।

२४ घण्टामा देशभर जोनसन एण्ड जोनसनको खोप २८ हजार १९२ जनाले लगाए । भेरोसेलको पहिलो मात्रा २८ हजार ८७१ र दोस्रो मात्रा ६९ हजार १११ जनाले लगाएका हुन् । त्यसैगरी कोभिसिल्डको दोस्रो डोज ६९ हजार ३७ जनाले लगाएका हुन् ।



Author

थप समाचार
x