स्वास्थ्य

देशभर ९८० गम्भीर कोभिड संक्रमित उपचाररत

इकागज |
साउन २७, २०७८ बुधबार १७:५४ बजे

प्रतिकात्मक तस्बिर

काठमाडौँ- देशभरको कोभिड अस्पतालमा ९८० कोभिड-१९ का गम्भीर संक्रमित उपचाररत छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आईसीयूमा  सात सय ९६ र भेन्टीलेटरमा १८४ संक्रमित उपचाररत छन् ।

बबागमतीमा ५०२ आइसियूमा र १०८ भेन्टिलेटरमा छन् । प्रदेश १ मा १४८ आइसियू र ५५ भेन्टिलेटरमा छन् । प्रदेश २ मा ४ आइसियूमा छन् । गण्डकीमा ६८ आइसियू र १ भेन्टीलेटरमा छन् लुम्बनीमा ५९ आइसियू र १२ भेन्टिलेटरमा छन् । कर्णालीमा ८ आइसियू र २ भेन्टिलेटरमा छन् । सुदुपश्चिममा ७ आइसियू र ६ भेन्टिलेटरमा छन् । त्यस्तै, मुलुकभर ३९९ क्वारेन्टाइनमा, होम आइसोलेशसनमा ३४ हजार ८१३ र संस्थागत आईसोलेसनमा तीन हजार २२० संक्रमित छन् ।



Author

थप समाचार
x