स्वास्थ्य

२१ जिल्लामा पाँच सयभन्दा बढी कोभिड संक्रमित उपचाररत

इकागज |
साउन २८, २०७८ बिहीबार १८:१३ बजे

फाइल तस्बिर

काठमाडौँ- बिहीबार देशभरको २१ जिल्लामा पाँच सयभन्दा बढी संक्रमित उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्‍चोक,दोलखा, नुवाकोट, सिन्धुपाल्चोक, नवलपरासी पूर्व, बाग्लुङ, कास्की, गोरखा,स्याङजा, तनहुँ, रुपन्देही, कैलाली र सुर्खेतमा पाँच सय भन्दा बढी संक्रमित उपचाररत छन् ।

२४ घण्टामा १५ हजार ४६२ जनाको परीक्षण गर्दा तीन हजार २६० संक्रमित थपिएका छन् । त्यसैगरी दुई हजार २९४ संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमित ३८ हजार १८० जना छन् । आज ५६ हजार ८५३ जनाले खोप लगाएका छन् ।



Author

थप समाचार
x