स्वास्थ्य

कोभिडविरुद्धको खोपले दुई सातापछि मात्र काम गर्ने

इकागज |
साउन २९, २०७८ शुक्रबार १६:३ बजे

काठमाडौँ- कोभिडविरुद्धको खोपले दुई सातापछि मात्र काम गर्ने स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज एक सार्वजनिक सूचना जारी गर्दै खोप लगाएको दुई हप्‍तापछि मात्र खोपले सुरक्षा प्रदान गर्ने जनाएको हो ।

खोपको पहिलो मात्रा लगाएको केही समयमा कोभिड भएमा पुनः पहिलो मात्रा नलगाउन पनि मन्त्रालयले सुझाव दिएको छ । त्यस्तै मन्त्रालयले संक्रमणमुक्त भएको ३० दिनपछि मात्र कोभिडविरुद्धको दोस्रो मात्रा लगाउनलाई अनुरोध गरेको छ । मन्त्रालयकाअनुसार कोभिड संक्रमितले खोप लगाउन हुँदैन । खोप केन्द्रमा गएर खोप लगाएमा अरूलाई कोभिड सर्न सक्ने सम्भावना रहन्छ ।




Author

थप समाचार
x