स्वास्थ्य

'कोभिडको पहिलो र दोस्रो लहरमा सूचीकृत गरिएको अस्पतालमा संक्रमितको उपचार गर्नू'

इकागज |
साउन २९, २०७८ शुक्रबार १६:५४ बजे

फाइल तस्बिर

काठमाडौँ - गृह मन्त्रालयले अस्पताल, मेडिकल कलेज र आइसोलेसन सेन्टरलाई कोभिड संक्रमितको उपचार गर्नुपर्ने भएकाले सूचीकृत गर्न आग्रह गरेको छ । कोभिडको पहिलो र दोस्रो लहरमा उपचार गरिएको अस्पताललाई पुनः सूचीकृत गर्नुपर्ने आवश्यकता देखिएकाले सबै जिल्ला प्रशासन कार्यालयलाई मन्त्रालयले निर्देशन दिएको हो ।

मन्त्रालयलले दिनप्रतिदिन कोभिड संक्रमितको संख्या बढेकाले सम्भावित कोभिडको तेस्रो लहरलाई मध्यनजर गर्दै पहिलो चरणमा सूचीकृत गरिएको अस्पताललाई व्यवस्थापन गर्नुपर्ने जनाएको छ । यसअघि सूचीकृत गरिएको कोभिड अस्पताल बन्द गरिएको थियो ।


अस्पतालहरूको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रमा पठाउन मन्त्रालयले आग्रह गरेको छ । सूचीकृत अस्पतालमा उपचार गरिरहेको संक्रमितको तथ्याकं मन्त्रालयलाई दैनिक उपलपब्ध गराउनुपर्ने बताइएको छ ।

मन्त्रालयका अनुसार निशुल्क उपचार गरिएको संक्रमितहरूको विवरण सम्बन्धित अस्पतालहरूलाई सोध भर्ना गर्ने गरी स्वास्थ्य मन्त्रालयलाई पठाउनुपर्छ । सूचीकृत अस्पतालहरूको नियमित सुपरिवेक्षण र अनुगमन गर्नुपर्नेछ ।


Author

थप समाचार
x