स्वास्थ्य

शुक्रबार थपिए ३९१५ संक्रमित, २७ जनाको मृत्यु

इकागज |
साउन २९, २०७८ शुक्रबार १६:५३ बजे

काठमाडौँ- शुक्रबार देशभर तीन हजार ९१५ कोभिड-१९ को संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ५८२ जनाको परीक्षण गरिएको थियो ।

पछिल्‍लाे २४ घण्टामा दुई हजार ११८ जना संक्रमणमुक्त भएका छन् । र, २७ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमित ३८ हजार ७९८ जना छन् ।


 


Author

थप समाचार
x