स्वास्थ्य

३,४५१ जनामा कोभिड संक्रमण, ३५ जनाकाे मृत्यु

इकागज |
साउन ३२, २०७८ सोमबार १७:४२ बजे

काठमाडौँ -   नेपालमा सोमबार थप ३ हजार ४ सय ५१ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार ९३ पीसीआर परीक्षणका क्रममा २ हजार ५ सय ६६ र ५ हजार ५ सय १८ एन्टीजेन परीक्षणका क्रममा ८८५ जनामा कोभिड पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोभिड संक्रमितको संख्या ८ लाख १० हजार ८ सय ५३ पुगेको छ । त्यस्तै कोभिड कारण थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिडका कारण १० हजा ३२७ जनाको मृत्यु भएको छ ।


त्यस्तै थप २ हजार ४ सय ५८ संक्रमित कोभिडमुक्त हुदा हालसम्म नेपालमा ६ लाख ८५ हजार १४० जना कोभिडमुक्त भएका छन् । हाल नेपालमा ३९ हजार ३७१ सक्रिय संक्रमित आइशोलेशन र ४०२ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३७ लाख ६७ हजार ६६५ वटा पिसिआर र ४ लाख १ हजार ३ सय ७१ वटा एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।  


Author

थप समाचार
x