स्वास्थ्य

कोभिडविरुद्धको खोप लगाएपछि कुनै असर नदेखिए पनि खोपले काम गर्छः स्वास्थ्य मन्त्रालय

इकागज |
भदौ ४, २०७८ शुक्रबार १२:३३ बजे

काठमाडौँ- कोभिडविरुद्धको खोप लगाउँदा असर नगरे पनि खोपको प्रभावकारीता रहने भएको छ । खोप लगाएपछि त्यसको प्रभावकारीता नदेखिए पनि खोपले काम गरिरहेको छ भनेर बुझ्‍न सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

खोप लगाउँदा असर गरेन भने काम गर्दैन भन्नु भ्रम रहेको मन्त्रालयले प्रस्ट पारेको छ । 'खोप लगाउँदा असर नगरेमा खोपको प्रभावकारीतासँग जोडेर हेर्न मिल्दैन,' मन्त्रालयले उल्लेख गरेको छ ।


खोप लगाउँदा कसैलाई असर देखिने र कसैमा नदेखिने हुन्छ । खोपले असर गरेमा पनि नगरेमा दुवै अवस्थामा खोप काम गर्ने मन्त्रालयले दाबी गरेको छ ।


Author

थप समाचार
x