स्वास्थ्य

शुक्रबार थपिए ३०४२ सक्रमित, २६ जनाको मृत्यु

इकागज |
भदौ ४, २०७८ शुक्रबार १७:३ बजे

फाइल तस्बिर

काठमाडौँ- पछिल्लो २४ घण्टामा तीन हजार ४२ जनामा कोभिड-१९ संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ६५४ जनाको कोभिड परीक्षण गरिएको थियो ।

शुक्रबार कोभिड संक्रमणका कारण २६ जनाको मृत्यु भएको छ । आज दुई हजार २ सय ४४ जना संक्रमणमुक्त भएका छन् ।  देशभर सक्रिय संक्रमित ४० हजार ३०९ जना छन् ।


स्वास्थ्य मन्त्रालयका अनुसार आईसीयूमा ७१४ र भेन्टीलेटरमा १७१ जना उपचाररत छन् । होम आईसोलेसनमा ३६ हजार ९२२, संस्थागत आईसोलेसनमा तीन हजार ३८७ र क्‍वारेन्टीनमा ४४६ जना छन् ।

 


Author

थप समाचार
x