स्वास्थ्य

आइतबार ८५० कोभिड संक्रमित गम्भीर

इकागज |
भदौ ६, २०७८ आइतबार १७:३८ बजे

प्रतिकात्मक तस्बिर

काठमाडौँ- आइतबार देशभर गम्भीर प्रकृतिका आठ सय ५० कोभिड संक्रमित उपचाररत छन् । आईसीयूमा ६८१ र भेन्टीलेटरमा १६९ संक्रमित उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी २४ घण्टामा देशभर एक हजार ९२० कोभिड-१९ को संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार १२ हजार ५१६ जनाको कोभिड परीक्षण गरिएको थियो ।


दुई हजार २४८ जना संक्रमणमुक्त भएका र २४ संक्रमितको मृत्यु भएको छ । देशभर हालसम्म ३८ हजार ७५१ सक्रिय संक्रिमत छन् ।

 


Author

थप समाचार
x