सोमबार ३१ बालबालिकासहित १८०१ संक्रमित थपिए र २४ को मृत्यु
फाइल तस्बिर
काठमाडौँ- सोमबार देशभर ३१ बालबालिकासहित एक हजार ८०१ जनालाई कोभिड-१९ संक्रमण देखिएको छ । ११ हजार ३२६ जनाको कोभिड परीक्षण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा एक हजार ९२४ जना संक्रमणमुक्त भएका छन् । २४ जनाको मृत्यु भएको छ ।
हालसम्म देशभर ३८ हजार ३५१ जना सक्रिय संक्रमित छन् । आईसीयूमा ६७९ र भेन्टीलेटरमा १७६ जना उपचाररत छन् । होम आइशोलेसनमा ३५ हजार १३२, संस्थागत आइसोलेशनमा तीन हजार २१९ र क्वारेन्टीनमा ३९३ जना छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया