स्वास्थ्य

काठमाडौँमा फेरि कडा निषेधाज्ञा हुन सक्छ?

इकागज |
भदौ ८, २०७८ मंगलबार १४:३२ बजे

काठमाडौँ- जनस्वास्थ्यका मापदण्ड पालना नगरे कडा निषेधाज्ञा गर्नुपर्ने अवस्था आउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार  निषेधाज्ञा खुकुलो पारिएसँगै स्वास्थ्यको मापदण्ड बेवास्ता गर्ने र चाडपर्वको बहानामा विभिन्‍न स्थानमा भिडभाड गर्ने क्रम बढेको छ । संक्रमण घटे पनि संक्रमण दर स्थिर रहेको छ ।

भिडभाड बढेकाले कोभिड संक्रमण बढने र नियन्त्रणका लागि कडा निषेधाज्ञा गर्नुपर्ने अवस्था आउन सक्ने मन्त्रालयले बताएको छ । 'निषेधाज्ञा गर्ने अवस्था आउन नदिन तपाइ हाम्रो दायित्व हो । मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, भिडभाड नगर्नेजस्ता जनस्वास्थ्यको मापदण्डको इमान्दारीता पालना गरौ,' स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।



Author

थप समाचार
x