स्वास्थ्य

काठमाडौँ महानगरको सबै वडा भेरोसेलको दोस्रो खोप ११ गतेबाट सञ्‍चालन हुने

इकागज |
भदौ ८, २०७८ मंगलबार १६:० बजे

काठमाडौँ- कोभिड-१९ विरुद्ध लगाइने भेरोसेलको दोस्रो मात्रा खोप कार्यक्रम भदौ ११ गतेबाट काठमाडौँ महानगरपालिकाको ३२ वटै वडामा सञ्‍चालन हुने भएको छ । मंगलबार बसेको जिल्ला खोप समन्वय तथा अनुगमन समिति काठमाडौँको निर्णयअनुसार खोप लगाइने महानगरले जनाएको छ ।

भेरोसेल खोप लगाएको २१ दिन पूरा भइसकेका नागरिकले उक्त खोप लगाउनुपर्ने महानगरले बताएको छ ।



Author

थप समाचार
x