मंगलबार १४६ ज्येष्ठ नागरिकसहित देशभर दुई हजार ५२५ कोभिड संक्रमित थपिए
फाइल तस्बिर
काठमाडौँ- मंगलबार १४६ ज्येष्ठ नागरिकसहित देशभर दुई हजार ५२५ कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ८१० जनाको कोभिड परीक्षण गरिएको थियो ।
२४ घण्टामा दुई हजार ८६ जना संक्रमणमुक्त भएका र ३५ जनाको मृत्यु भएको छ । हालसम्म देशभर सक्रिय संक्रमित ३८ हजार २५० जना छन् ।
त्यसैगरी ६५० जना आईसीयूमा, १७० भेन्टीलेटरमा उपचाररत छन् । ३५ हजार १४५ होम आईसोलेसनमा, संस्थागत आईसोलेसनमा तीन हजार १०५ र क्वारेन्टीनमा ३९५ जना छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया