काठमाडौँ उपत्यकामा थपिए ७६९ संक्रमित
फाइल तस्बिर
काठमाडौँ - मंगलबार काठमाडौँ उपत्यकामा सात सय ६९ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५१८, ललितपुरमा १९९ र भक्तपुरमा ५२ जना संक्रमित थपिएका हुन् ।
काठमाडौँमा सक्रिय संक्रमित ६ हजार ८८३,संक्रमणमुक्त २ लाख २३ हजार १७, मृत्यु २०६३ र कुल संक्रमित २ लाख ३१ हजार ९६३ जना छन् । भक्तपुरमा सक्रिय संक्रमित १ हजार ४१६, संक्रमणमुक्त २५ हजार ११७, मृत्यु ४०६ र कुल संक्रमित २६ हजार ९३९ जना छन् । त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित २ हजार २५९, संक्रमणमुक्त ४२ हजार २२, मृत्यु ६३३ र कुल संक्रमित ४४ हजार ९१४ जना छन् ।
पछिल्लाे २४ घण्टामा दुई हजार ८६ जना संक्रमणमुक्त भएका र ३५ जनाको मृत्यु भएको छ । हालसम्म देशभर सक्रिय संक्रमित ३८ हजार २५० जना छन् । त्यसैगरी ६५० जना आईसीयूमा, १७० भेन्टीलेटरमा उपचाररत छन् । ३५ हजार १४५ होम आईसोलेसनमा, संस्थागत आईसोलेसनमा तीन हजार १०५ र क्वारेन्टीनमा ३९५ जना छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया