स्वास्थ्य

काठमाडौँ महानगरपालिकाको ३२ वटै वडामा बिहीबार भेरोसेलको पहिलो मात्रा लगाइने

इकागज |
भदौ ९, २०७८ बुधबार १२:२४ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा बिहीबार ( भोली एक दिन मात्र ) भेरोसेलको पहिलो खोप लगाउने भएको छ । यस अघि ८ गते खोप लगाउने कार्यक्रम भए पनि खोप सकिएकाले उक्त कार्यक्रम स्थगित भएको थियो ।

पूर्व निर्धारित र लक्षित समूहकाले खोप पाउने महानगरपालिकाले जनाएको छ । त्यसैगरी पहिलो खोप लगाइसकेका र २१ दिन पूरा भइसकेकाहरूले ११ गतेदेखि भेरोसेलको दोस्रो मात्रा ३२ वटै वडाबाट पाउने भएका छन् ।



Author

थप समाचार
x