स्वास्थ्य

काठमाडौँमा ५१५ सहित उपत्यकामा ७४५ संक्रमित थपिए

इकागज |
भदौ ९, २०७८ बुधबार १६:५७ बजे

फाइल तस्बिर

काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७४५ कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बुधबार काठमाडौँमा ५१५, भक्तपुरमा १४२ र ललितपुरमा ८८ संक्रमित थपिएका हुन् ।

काठमाडौँमा सक्रिय संक्रमित  ६ हजार ७९२, संक्रमणमुक्त २ लाख २३ हजार ६१६,मृत्यु २०७० र कुल संक्रमित २ लाख ३२ हजार ४७८ जना छन् । भक्तपुरमा सक्रिय संक्रमित १ हजार ४७८, संक्रमणमुक्त २५ हजार १९५ , मृत्यु ४०८ र कुल संक्रमित २७ हजार ८१ जना छन् ।


त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित २ हजार २१, संक्रमणमुक्त ४२ हजार १५१, मृत्यु ६३५ र कुल संक्रमित ४५ हजार २ जना संक्रमित छन् ।

देशभर सक्रिय संक्रमित ३८ हजार २८७ जना छन् । आज देशमा दुई हजार ४८२ जनामा कोभिड-१९ संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार २९० जनाको कोभिड परीक्षण गरिएको थियो । २४ घण्टामा एक हजार ७८१ जना संक्रमणमुक्त भएका र ४४ जनाको मृत्यु भएको  छ । 


Author

थप समाचार
x