बेलायतले दिने कोभिडविरुद्धको अष्ट्राजेनिका खोप बिहीबार साँझ नेपाल आइपुग्ने
काठमाडौँ- नेपालको सबैभन्दा पुरानो सम्बन्ध रहेको मुलुक बेलायतले दिएको कोभिडविरुद्धको खोप बिहीबार साँझ ल्याइने भएको छ । करिब एक लाख डोज अष्ट्राजेनिका खोप साँझ आइपुग्ने स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप भण्डारण शाखाका प्रमुख बडेबाबु थापाले जानकारी दिए ।
'कोभ्याक्स अन्तर्गत वा अनुदानस्वरुप दिएको हो त्यस विषयमा थाहा छैन,' थापाले भने,' आज ३ बजे खोप आउने भएको छ ।' उनकाअनुसार नेपालले खोप खरिद गरेको होइन ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार विभागकाअनुसार करिब १४ हजार १५० किलो बराबर खोपको कार्गो आउन लागेको छ । मलेसियाबाट खोप बाेकेकाे विमान काठमाडौँका लागि उडिसकेकाे छ ।
भारतबाट अनुदानस्वरुप प्राप्त १० कोभिसिल्ड खोप नेपालमा गत वर्षको माघ १४ गतेदेखि लगाउन थालिएको थियो । हालसम्म एक करोड १२ लाख ६४ हजार कोभिडविरुद्धको खोप भित्रिएको छ ।
चीनबाट भेरोसेल खोप अनुदानस्वरुप १८ लाख, खरिद गरी ४० लाख खोप ल्याइएको छ। भारतबाट कोभिसिल्ड खोप ११ लाख अनुदानस्वरुप र खरिद गरी १० लाख र खरिद गरेको १० लाख खोप आउन बाँकी छ ।
भुटानबाट २ लाख ३० हजार, अमेरिकाबाट जोनसन एण्ड जोनसन १५ लाख ३४ हजार र जापानबाट अनुदानस्वरुप १६ लाख खोप अनुदान स्वरुप ल्याइएको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया